२१ मंसिर २०८१, शुक्रबार | Sat Dec 7 2024

एनसेलको शेयर खरिदबिक्रीबारे अर्थमन्त्री महतले भने- नेपालको कानुन मान्दैनौँ भन्न पाइँदैन, अनुसन्धान हुँदै छ



 
अर्थमन्त्री डा. प्रकाशशरण महतले आजियाटाले एनसेलको शेयर खरिदबिक्री गर्दा नेपालको कानुन मान्नुपर्ने बताएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले नेपालको कानुन र विधि मानेर लगानी गर्न आएको आजियाटाले शेयर खरिदबिक्री गर्दा कानुनको पालना गर्नुपर्ने बताएका हुन् ।

‘हामीले अन्तर्राष्ट्रिय लगानीलाई प्रोत्साहित गरिरहेका छौँ । हाम्रो कानुन र विधि मानाेर लगानी गर्न आएको आजियाटाले यहाँको कानुन र विधि मान्दैनौँ भन्न मिल्दैन,’ उनले भने ।

अर्थमन्त्री महतले एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन भइरहेको पनि बताए । ‘हिजो हामीले कर लगायौँ । मान्दिनँ भनेर अन्तर्राष्ट्रिय अदालत गयो, हामीले सही गरेका छौँ भन्ने भयो,’ उनले भने, ‘शेयर खरिदबिक्रीबारे छानबिन भइरहेको छ ।’  

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : ४१ बजे