६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

कारागारका एक कैदीबन्दीको मृत्यु



कोहलपुर बाँके पुस ६- । बर्दिया कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ । उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याउँदै गर्दा केदीबन्दको बाटोमा मृत्यु भएको हो ।

मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तुलसीराम अर्यालले बताए । चौधरीमा दम र प्रेसरको समस्या भएको बताइएको छ ।

२०७९ साल जेठ २३ गते जिल्ला अदालत बर्दियाले पुर्पक्षका लागि कारागार चलान गरेका चौधरीलाई जबर्जस्ती करणीको अभियोग थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : ४३ बजे