२१ मंसिर २०८१, शुक्रबार | Sat Dec 7 2024

कोहलपुर नगरपालिकामा आज कर्मचारी शोक बिदा



कोहलपुर बाँके पुस १३- : कोहलपुर नगरपालिकाले आज कर्मचारीको निधनको शोक बिदा दिएको छ । नगरपालिकमा कार्यरत छत्र बहादुर खत्रीको निधनमा शोक बिदा दिएको हो । कोहलपुर नगरपालिका कृषि शाखामा कार्यरत अधिकृत छैटौं तह खत्रीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा निधन भएको हो ।

कोहलपुर नगरपालिका-६ निवासी ५८ वर्षीय खत्रीको आज निधन भएको कोहलपुर नगरपालिकाले जनाएको छ । खत्री क्यान्सर रोगबाट पीडित भएको बताइएको छ ।

खत्रीको निधनमा कोहलपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । पालिकासहित १५ वटै वडा कार्यालयमा आज शोक बिदा दिइएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : ५६ बजे