२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बाँकेको कारागारमा एक कैदीको मृत्यु



कोहलपुर बाँके पुस १६- बाँकेको नेपालगञ्ज कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ घर भएका अन्दाजी बर्ष २५ का समिर भन्ने मो. अलताफ हलवाईको मृत्यु भएको हो ।

सोमबार बिहान उपचारको लागि चितवन स्थित क्यान्सर अस्पताल लैजाने कममा बाटोमा मृत्यु भएको जिल्ला कारगार नेपालगञ्ज बाँकेले जनाएको छ।

लागुऔषध मुद्दामा २०७९ भदौ १ गरेको कैदीपुर्जी अनुसार जिल्ला कारागारमा कैद थिए ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ४ : २५ बजे