६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

हात्तीपाइलेको जिवाणु नरैनापुरमा परीक्षण,



कोहलपुर बाँके पुस २२ , बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा शनिबार ३०२ जनाको हात्तीपाइले रोगको जिवाणु परीक्षण गरिएको छ । उक्त आरडिटी परीक्षणमा नरैनापुरमा हात्तीपाइले रोगको जिवाणु ९माइक्रोफाइलेरिया० फेला नपरेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्रकुमार शाहले जानकारी दिए ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा खोदवामा आरडिटी जाँच गरिएको थियो । नरैनापुरमा पोजिटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा यदि पोजिटिभ केस फेला परेको खण्डमा दुई वर्ष थप तीन वटै पालिकाका नागरिकले औषधि सेवन गर्नुपर्ने संयोजक शाहले बताए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : १६ बजे