६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

विद्यालयमा खानेपानीको समस्या




शिवानी विक कोहलपुर बाँके पुस २२– बाँकेको बैजनाथ गाउँपालिकामा २ कलरामपुरमा अवस्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालयमा खानेपानीको चरम अभाव हुँदा यहाँ अध्ययनरत विद्यार्थीहरुले सास्ती भोग्दै आएका छन् ।

विद्यालयमा बर्सौ देखि पानीको अभाव हुँदै आएको छ । विद्यलायमा खानेपानीको अभाव हुँदा विद्यार्थीहरु घरबाट नै पानी बोकेर ल्याउन बाध्य छन् । दिनभरी विद्यालयमै भईन्छ एक बोत्तल पानीले दिनभरीलाई पुग्दैन थोरै थोरै गरेर पिउन पर्छ त्यसले प्यास मेटिदैन सोहि विद्यालयमा कक्षा ५ आ अध्ययनरत विद्यार्थी सिमा विकले बताईन, आनि अति नै आवश्यक पर्छ, कहिलेकाही पिउने पानी नहुँदा गाउँमा अरुको घरमा पानी मागेर पिउन पर्छ सिमाले भनिन् झन सौचालय जादा बिना पानीको जानु पर्ने बाध्यता छ ।

शिक्षकहरुले दैनिक बाल्टिमा पानी भरेर ल्याउनु हुन्छ, हामी यति धेरैलाई त्यही पानीले पुग्दैन, विद्यालयमा पानी नहुँदा विद्यालयमा आउन मनै लाग्ने भन्दै दुखेसो पोखिन । सिमा भन्छिन्, विद्यालयमा प्रसस्त पानी भएको भए आफु र आफ्नो साथीहरुलाई सहज हुने थियो ।

पानी अभावका कारण दिसापिसाबका लागि जङ्गल तथा खुल्ला ठाउँमा जानुपर्ने र हात सफा गर्ने पानीसमेत नहुँदा रोगको जोखिम रहेको कक्षा ५ मा अध्यनरत सौगात परियारले बताए ।

गर्मिको समयमा त झन मुस्किल पर्छ, त्यतिबेलाको समयमा पानी निकै प्यास लाग्छ, १०, १५ मिनेट हिनेर पानी पिउन जान पर्छ । शिक्षकहरुले बोकेर दिएको पानीले पुग्दैन । यसले गर्दा हाम्रो पठनपाठनमा पनि समस्या हुने गरेको छ । पानीको अभाव हुँदा विद्यार्थीलाई मात्र होइन यहाँ पढाउने शिक्षकलाई समेत समस्या हुने गरेको छ ।

ह्यान्ड पम्पबाट पानी निकाल्न खोज्दा समेत ह्यान्ड पाइपमा पानी नआईदिँदा समस्या भएको विद्यालयका प्रधानाध्यापक हरी बहादुर महताराले बताए ।

करिब साढे १ सय १५ विद्यार्थी अध्ययनरत विद्यालयमा पानि नहुँदा धेरै समस्या हुने गरेको छ उनले भने“ पानिको अभावले विद्यालयमा भएका शौचालयहरु पनि बन्द गर्नु पर्ने अवस्था आउँछ ।

खानेपानी नहुँदा बालबालिकाहरुका लागि धेरै टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यतामा हामी गुज्रिरहेका छौँ, कक्षा ५ सम्म पढाई हुने विद्यालयमा स–साना बालबालिकाहरु पानीको समस्यामा झेलिरहेका छन् । विद्यालयमा पानीको अभाव हुँदा सम्म पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १० : १७ बजे