कोहलपुर बाँके पुस २२– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल, (प्याब्सन) कोहलपुरले आफ्नो ३३ औँ स्थापनाको दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । पौष २४ गते पर्ने उक्त स्थापना दिवसको दिन सामाजिक उत्तरदायित्व अन्तर्गत विहान १० बजे प्रभातफेरी कार्यक्रम गर्ने भएको छ । कोहलपुर पिपल चौतारा, विद्युत रोड, न्योरोड हुदै गोलपार्क सम्म प्रभाफेरी गर्ने भएको छ ।
यस गौरवशाली संगठनले आगामी दिनमा अझ उचाइ २ प्रतिष्ठा हासिल गर्न ३३ औ प्याब्सन स्थापना दिवस पौष २४ गते देश भरी विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
प्याब्सनले शिक्षासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको आएको प्याब्सन बाँकेका अध्यक्ष यम रावतले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
देशभरि शैक्षिक कार्यक्रममा एकरुपता ल्याउने संस्थागत हकहितका लागि काम गर्दै आएको छ यस अर्गनाइजेशनले विभिन्न राष्ट्रिय बिपत्ति को समयमा सदस्य विद्यालयको सामुहिक योगदानमा प्याब्सनले आर्थिक सामाजिक दायित्व अन्तर्गत राहत वितरण आर्थिक सहयोग समन्वय लगायतकाकार्यसमेत गर्दै आएको छ ।
प्याब्सन सदस्य विद्यालयहरूमा सेवा प्रदान गर्दै आएका शिक्षक÷शिक्षिका सम्मान, प्याब्सन कोहलपुरद्वारा आयोजित निबन्ध प्रतियोगिता र चित्रकला प्रतियोगितामा, नृत्य, लागयतमा उत्कृष्ट स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रमहरू गरी सम्पन्न गर्ने प्याब्सन बाँकेका अध्यक्ष यम रावतले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।