६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली



काठमाण्डौ पुस २५ – आज कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । तराईका धेरैजसो ठाउँमा हुस्सु छ । बिहानीपख हुस्सु लागेकोले दैनिक जनजीवनमा समस्या छ । मौसमविद्ले चिसोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेका छन् ।

अरु बाँकी ठाउँहरुमा आजको मौसम सामान्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । आज राति पनि कोशी, गण्डकी र बाग्मती प्रदेशका क्षेत्रमा मौसम आंशिक बदली नै रहने अनुमान छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : ०१ बजे