२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अटो रिक्सा चालकले गरे उपमहानगरपालिका अगाडी आन्दोलन



कोहलपुर बाँके पुस २५, अटो रिक्सा चालकहरुले नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडी आन्दोलन गरेका छन् । उपमहानगरपालिकाले इलेक्ट्रीक रिक्सामाथी डोजर चलाएर गरिवको गाँस खोसेको भन्दै इलेक्ट्रीक रिक्सा ब्यवसायी संघ बाँकेको अगुवाईमा बुधबार बिहान ११ः३० बजेदेखी आन्दोलित गरेका हुन् ।

कागजपत्र नभएका ‘अबैध’ इलेक्ट्रीक रिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपालिका कार्यालयले मंगलबार डोजर चलाएको थियो । ठुलो संख्यामा रिक्साहरु सडकमा तेर्साएर व्यवसायीले कार्यालयको मुलगेटमा चर्का नाराबाजी गरेका छन् ।

संघले इलेक्ट्रीक रिक्साको हकमा पुर्व स्थानीय सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने, उपमहानगरपालिकाद्धार नष्ट गरेका रिक्साको क्षतिपुर्ति दिनुपर्ने, नियन्त्रणमा लिइएका रिक्साहरुलाई एक पटकलई फिर्ता गर्नुपर्ने, उपमहानगरपालिकामा दर्ता भएका रिक्साहरुलाई नविकरण गरिदिनुपर्ने र उपमहानगरपालिकाले पारित गरेको ‘इलेक्ट्रीक रिक्सा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि(२०७८’ पूर्ण रुपमा लागु गर्नुपर्ने माग राखेको छ ।

आन्दोलनरत इलेक्ट्रीक रिक्सा व्यवसायीले अबैध रिक्सा ठहर भए प्रमाण पेश गर्न उपमहानगरपालिकालाई चेतावनी समेत दिएका छन् ।

आन्दोलनरत इलेक्ट्रीक रिक्सा व्यवसायीले उपमहानगरपालिकाका मेयर र उपमेयरको चर्को बिरोध गरेका छन् । रिक्सा व्यवसायीको आन्दोलनलाई मध्यनजर गर्दै उपमहानगरपालिकाको मुलगेटमा नगर प्रहरी तथा नेपाल प्रहरी परिचालन भएकाछन् ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ०३ बजे