६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

दाङ बस दुर्घटना अपडेटः महिला उद्यमी बस्नेत रहिनन्



कोहलपुर बाँके पुस २८, दाङको भालुबाङमा भएको बस दुर्घटनामा परी नेपालगन्जकी महिला उद्यमी कुसुम बस्नेतको निधन भएको छ । उनी महिला उद्यमी संघ नेपाल बाँकेका पूर्वअध्यक्ष तथा नेपालगन्ज उद्योग बाणिज्य संघको पूर्वकार्यसमिति सदस्य हुन् ।

बस्नेत २०६८ सालदेखी २०७० सम्म महिला उद्यमी संघ बाँकेको अध्यक्ष भएकी थिइन । ६० वर्षिया बस्नेतले नेपालगन्जमा लामो समयदेखी छापाखाना लगायत व्यवसाय सन्चालन गर्दै आएकी थिइन् ।

नेपालगन्जदेखि काठमाडौ जाँदै गरेको बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर शुक्रबार राती दुर्घटनामा परेको थियो ।

पुर्बअध्यक्ष बस्नेतको निधनले अपुरणीय क्षति पुगेको महिला उद्यमी संघ बाँकेका अध्यक्ष साबित्रा बस्नेतले बताइन । ुउहाँको निधनले महिला उद्यमी संघ बाँकेमा ठुलो क्षति पुगेको छ,ु उनले भनिन ।

पुर्बअध्यक्ष बस्नेतको निधनप्रति शोक व्यक्त गर्दै नेपालगन्जमा जारी लुम्बिनी प्रदेश स्तरिय महिला उद्यम प्रदर्शनीमा शनिबार ९आज० गर्न लागिएको सम्मान कार्यक्रम स्थगित गरिएको छ । ुहाम्रा पुर्ब निर्धारित कार्यक्रम सबै स्थगित गरेका छौँ,ु अध्यक्ष बस्नेतले भनिन ।

सफल महिला उद्यमी बस्नेतको निधनले ठुलो क्षति पुगेको नेपालगन्जका उद्योगी, ब्यवसायीले बताएका छन । सामाजिक संजालमार्फत धेरैले दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : ०६ बजे