६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

दाङमा भएको बस दुर्घटनामा घाइते भएकाको प्रभावकारी उपचार गर्न लागि प्रधानमन्त्रीको निर्देशन



काठमाण्डौ पुस २८, ( प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुबाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको भे१ख ३९१२ नम्बरको बस गएराति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङमा रहेको राप्ती नदीको पुलबाट खसेको थियो । बस दुर्घटनामा १२ जनाको ज्यान गएको छ भने २३ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये १४ जनाको बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सात जना घाइतेको बुटवल र बाँकीको भालुबाङमा उपचार भइरहेको छ । ( उज्यालो )

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : १५ बजे