६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

श्रीमतीको हत्या आरोपमा दाङको तुलसीपुरमा श्रीमान् पक्राउ




दाङ माघ ७, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का ४३ वर्षका पेण्डुवा चौधरी श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।

उनले श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रडले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गएराति रक्सीले मातेका चौधरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका हुन् । चौधरीले श्रीमतीलाई कुटपिट गरेपछि रोक्न पुगेका दुईजना छिमेकीमाथि पनि चौधरीले रड प्रहार गर्दा घाइते भएका छन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ७ : ०१ बजे