२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

राष्ट्रपतिको दौडबाट पछि हटे फ्लोरिडाका गभर्नर, ट्रम्पलाई समर्थन



एजेन्सी माघ ८। फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आइतवार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिनुभएको छ ।

उहाँले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्नुभएको हो । आफूसँग विजयको स्पष्ट बाटो नरहेको उहाँले बताउनु भयो ।

डेसेन्टिसले ट्रम्पलाई समर्थन गर्दै बहुसंख्य रिपब्लिकन प्राथमिक मतदाता डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफु पछि हटेको बताउनु भयो । ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् भने डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन् ।

रिपब्लिकन प्राइमरी मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई रहेको डेसेन्टिसले बताउनु भयो । (ईमेजखबर)

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ११ : ५२ बजे