२१ मंसिर २०८१, शुक्रबार | Sat Dec 7 2024

प्रधानमन्त्री कप क्रिकेटमा बाग्मती र पुलिस विजयी



काठमाण्डौ माघ ८, – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ । बाग्मती प्रदेश शीर्ष स्थानमा उक्लिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बाग्मतीले कर्णालीलाई ७ विकेटले हरायो ।

कर्णालीले दिएको ७९ रनको सामान्य लक्ष्य बाग्मतीले ३ विकेट गुमाएर २ सय २२ बलअघि नै भेटायो । बाग्मतीका ईशान पाण्डेले ४० रन बनाए । कर्णालीका दिवन पुनले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली २४ ओभर २ बलमा ७८ रनमै समेटियो । कर्णालीका अर्जुन घर्तीले २३ रन बनाए । बाग्मतीका रिजन ढकालले ५ विकेट लिए ।

यो जितसँगै बाग्मती ६ खेलमा ८ अङ्क जोड्दै दोस्रो स्थानमा छ । कर्णाली ५ खेलमा ४ अङ्कसहित सातौँ स्थानमा छ ।

यस्तै भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ५८ रनले हराएको छ । पुलिसले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको एपीएफ ३४ ओभरमा ८७ रन बनाउँदा अल आउट भयो । एपीएफका सन्दीप जोराले नट आउट २५ रन बनाए । पुलिसका ललित राजवंशीले ५ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिस ४१ ओभरमा १ सय ४५ रन बनाउँदा अल आउट भयो । पुलिसका दिलिप नाथले ४४ रन बनाए । एपीएफका भुवन कार्कीले ३ विकेट लिए ।

यो जितसँगै पुलिस ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफ ४ अङ्कसहित छैँटौँ स्थानमा छ । ( उज्यालो अनलाईन)

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ११ : ५६ बजे