६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

प्रधानमन्त्री कप क्रिकेटमा कोशीको लगातार पराजित



काठमाण्डौ माघ ९, – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार सातौँ खेलमा पराजित भएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले कोशीलाई ६ विकेटले हरायो । कोशीले दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । कर्णालीका अर्जन घर्तीले नट आउट ५० रन बनाए । कोशीका हेमन्त राईले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशी ३४ ओभर ३ बलमा १ सय ५१ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ७३ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ४ र प्रकाश जैशीले ३ विकेट लिए ।

यो जितसँगै कर्णालीले ६ खेलमा ६ अङ्क जोडेको छ । जितविहीन कोशी तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : १६ बजे