लुम्बिनी माघ ११,। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनको मत परिणाम अनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।
सापकोटाले ५ हजार ४३५ मतभार प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी ५१ वर्षीया तुलसाकुमारी केसी ९दाङ० ले २ हजार ८६७ मतभार प्राप्त गरेकी छन् । सुवेदीले ५ हजार ४३५ मतभार प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका ६९ वर्षीय झपेन्द्रबहादुर घर्ती क्षेत्री ९पाल्पा० ले ३ हजार ३९ मतभार प्राप्त गरेका छन् ।
निर्वाचनमा ३०५ मतदातामध्ये ३०३ मत खसेको थियो । प्रदेसभा सदस्यतर्फ ८७ मतदाता रहेकोमा ५४ पुरूष र ३३ महिला गरी ८७ मत नै खसेको थियो । स्थानीय तहतर्फ २ सय १८ मतदातामध्ये १२७ पुरूष र ८९ महिला गरी २१६ मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । १०६ मतभार बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।