,
काठमाण्डौ माघ १२ – लागुऔषध कारोबारीलाई भगाएको आरोप लागेका प्रहरीका पूर्वजवान १६ वर्षपछि पक्राउ परेका छन् ।
२०६४ सालमा हनुमानढोका प्रहरी कार्यालयको हिरासतमा रहेका भारतीय अशरफ आलमलाई भगाएको आरोप लागेका प्रहरीका पूर्वजवान वीरबल राय यादवलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक ९एसपी० रवीन्द्र रेग्मीका अनुसार जेलबाट भगाउन यादवले त्यति बेला अशरफसँग १ करोड रुपैयाँ मागेका थिए । पछि १० लाख रुपैयाँमा कुरा मिलेपछि यादवले उनलाई हिरासतबाट भगाएका थिए । भगाएपछि भने अशरफले ती प्रहरी जवानलाई छ लाख २५ हजार रुपैयाँ मात्रै दिएका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।
प्रहरीले यादवलाई बिहीवार काँकडभिट्टाबाट पक्राउ गरी काठमाण्डौ ल्याएको हो ।