६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

जिल्लाकै उत्कृष्ट पालिका बन्यो डुडुवा गाउँपालिका



कोहलपुर बाँके माघ १२ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९लिजा०को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको हो ।

आर्थिक वर्ष २०७९र०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको सार्वजनिक प्रतिवेदनमा डुडुवा गाउँपालिकाले १०० पूर्णाङ्कमा ९२।२५ प्रतिशत सबै भन्दा बढी अङ्क ल्याएर जिल्लाकै उत्कृष्ट भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार पालिकाले स्वमूल्याङ्कनको कार्यविधि अनुरूप पालिकाले प्रवाह गर्ने सेवा तथा कार्यसम्पादनलाई प्रमाणका आधारमा मूल्याङ्कन गरिएको हो ।

डुडुवा गाउँपालिकाले शासकीय प्रबन्धमा ८।५ अङ्क, सङ्गठन तथा प्रशासनमा ७।५ अङ्क, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अङ्क, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११ अङ्क, सेवा प्रवाहमा १५।५ अङ्क, न्यायिक कार्य सम्पादनमा ७ अङ्क, भौतिक पूर्वाधारमा ६।५ अङ्क, सामाजिक समावेशीकरणमा ८।७५ अङ्क, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७ अङ्क र सहकार्य र समन्वयमा ३ अङ्क ल्याएको लिजाको वेबसाइटमा प्रतिवेदन उल्लेख गरिएको छ ।

स्थानीय तहका १० वटा विषयगत क्षेत्रलाई पालिकाले विभिन्न ऐन, कानुन, कार्यविधि, निर्णय प्रक्रियालगायतका कागजातको प्रमाणका आधारमा एक सय वटा सूचकलाई विश्लेषण गरेर अङ्क निर्धारण गर्ने गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय महाशाखाका शाखा अधिकृत चिरञ्जीवी नेपालले बताउनुभयो ।

यस्तै कोहलपुर नगरपालिकाले ८७।७५ प्रतिशत, जानकी गाउँपालिकाले ८१।२५ प्रतिशत, खजुरा गाउँपालिकाले ८० प्रतिशत, बैजनाथ गाउँपालिकाले ७५।२५ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाले ७४।७५ प्रतिशत, नरैनापुर गाउँपालिकाले ७० प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकाले ६७।५ प्रतिशत अङ्क ल्याएका छन् । ( गोरखापत्र अनलाइन )

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १२ : ३६ बजे