७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

वैदेशिक रोजगारबाट फर्केकालाई क्षमता अभिवृद्धि कार्यशाला सुरु




कोहलपुर बाँके माघ १४– स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔ“ भन्ने मुल नाराका साथ आप्रवासी श्रमिक सञ्जालका पदाधिकारीहरूको लागि २ दिने क्षमता अभिवृद्धि कार्यक्रम आइतबार देखि सुरू भएको छ । तालिममा वैदेशिक रोजगारी कसरी समय सापेक्ष बनाउन भन्ने विषय छलफल गर्ने उदेश्यले कार्यक्रम संचाल गरिएको हो ।
वैदेशिक रोजगारीमा जादा ठगिँदै आएका नेपाली श्रमिकका समस्या समाधान गर्नेको लागि कार्यक्रमको आयोजना गरिएको कोहलपुर नगरपालिकाकि उपमेयर संगिता सुवेदीले जानकारी दिनु भएको छ ।
वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्च, त्यो समयमा स्वदेशमै गर्न सकिने नगद आम्दानी तथा पारिवारिक सहयोग जोड्दा वैदेशिक रोजगारबाट धेरै नाफा भए मात्रै विदेश जान उहाँले आग्रह गर्नु भएको छ ।
वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जानुपर्ने उल्लेख गर्दै उपप्रमुख सुवेदीले पछिल्लो समयमा वैदेशिक रोजगारमा जानेहरुको संख्या बढ्दै जाँदा सचेत हुनुपर्नेमा जोड दिदै कार्यक्रममा सक्रिय रूपमा सहभागी जनाउन आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विकले वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित कामको बारेमा तालिम लिएर मात्रै जान अनुरोध गर्नु भयो तालिम लिएर गएमा सम्झौंता अनुसारको काम र पारिश्रमिक प्राप्त गर्न सकिने बताउन भयो ।
उक्त कार्यक्रममा नेपालमा विद्यमान रहेका कानुनी अवस्थाको बारेमा जानकारी गराइने र अन्तर्राष्ट्रिय स्तरमा कस्तो खालका अभ्यासहरू भइरहेका भन्ने विषयमा समेत वैदेशिक रोजगार बाट फर्केका सहभागीलाई जानकारी गराइनेछ । उक्त कार्यक्रममा वैदेशिक रोजगारबाट फर्केका कोहलपुर नगरपालिकाका १५ वटै वडाका २५ जना सहयोगी रहेका थिए । कार्यक्रम सोमबार ( भोलो ) सम्म संचालन हुने छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १ : ०७ बजे