७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

त्रिभुवन विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ



काठमाण्डौ माघ २२, – २५ हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

काठमाण्डौबाट चीनको ग्वानजाउ जान लागेका चिनियाँ नागरिक सियुआई विङक्यान अबेध रुपमा बोकेको डलर सहित पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकमा रहेको राजस्व अनुसन्धान विभागमा पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १ : ५३ बजे