२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

लागुऔषध कारोबारीमा ६ महिनाको अवधिमा ३ हजार ४५ जना पक्राउ



काठमाण्डौ माघ २३, गएको ६ महिनामा ३ हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका प्रहरीको तथ्याङ्क छ । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न ३ हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २ हजार ७ सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला रहेका छन् । यीमध्ये एक हजार ९ सय ६० मुद्दा दर्ता भएका छन् ।

पक्राउ परेकाहरू गाँजा, चरेस, अफिम, कोकिनलगायत सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् । उनीहरूबाट आठ हजार तीन सय २० किलो गाँजा, तीन सय आठ किलो चरेस, १० किलो हेरोइन, २७ किलो अफिम र तीन किलो कोकिन बरामद गरी नष्ट गरिएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ८ : ४८ बजे