७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सुन र स्रोत नखुलेको ६४ लाख रुपैयाँसहित एकजना पक्राउ




कोहलपुर बाँके फगुन २, स्रोत नखुलेको ६ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

सोमबार रातिदेखि निगरानी गरिरहेको प्रहरीले ४० वर्षीय भौमिकलाई पक्राउ गरी हिजो साँझ सार्वजनिक गरेको हो । भौमिकको साथबाट ६ केजी ६९ ग्राम सुन, ६ केजी चाँदी र ६२ लाख ८१ लाख नगद बरामद भएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको र आज बिहान सुन, नगदसहित भौमिकलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।

भौमिकले तीन तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री गर्ने गरेका थिए । भौमिकको साथबाट १३ थान चेकसमेत फेला परेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : ३० बजे