काठमाण्डौ फागुन ८, ( काठमाण्डौ महानगरपालिका वडा नं। २७ बाट सङ्कलन भएको झण्डै १४ हजार किलो जैविक फोहर टेकु ट्रान्सफर स्टेशनमा कम्पोष्टिङ भएको छ ।
फोहरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहरलाई छुट्टै सङ्कलन गरी ढुवानी पनि छुट्टै गरेर छुट्टाछुट्टै व्यवस्थापन गर्न थालिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकामा वडा नं। २७ बाट घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी भएको हो । ५ हजार जनसङ्ख्या रहेको वडा नं। २७ मा १ हजार ४ सय घरधुरी छन् । उनीहरुले उत्पादन गर्ने जैविक फोहरको मात्रा दैनिक औसत ५ सय किलो छ ।
वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जनले वडा नं। २७ मा फोहर वर्गीकरण गरेर माघ २१ गतेदेखि टेकु ल्याउन थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्कलित फोहरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ ।
फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने अभियान थालिएपछि वडाबाट फोहर उत्पादनको स्वरुपमा परिवर्तन आएको विभागका इञ्जिनीयर सरकारदीप श्रेष्ठले बताउनुभयो । उहाँले कुहिने फोहर उपभोक्ता आफैँले मल बनाउने र नकुहिने फोहर बेच्न मिल्नेजति बच्ने गर्न थालेका जानकारी दिनुभयो।