बाँके फागुन ९– जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले भोलेन्टियर सासाईटी अफ बाँकेले जिल्ला ट्राफिक कार्यालय बाँके संग सहकार्यगरी विद्यार्थहरुलाई सडक सुरक्षा सचेतना सम्बन्धि कार्यक्रम संचालन गरेको छ ।
दुर्घटना न्युनिकरण गर्नको लागि विद्यार्थीहरुको पहिलो भुमिका हुने भन्दै कोहलपुर १४ हवलदारपुरमा रहेको राम माद्यामिक विद्यालयका विद्यार्थीलाई सडक सुरक्षा तथा ट्राफिक नियमको बारेमा सचेत गराईएको हो ।
विद्यार्थीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियमहरुको बारेमा सडकमै प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी सायक निरीषक मदन सिंह मातरले विद्यार्थीहरुलाई सवारीसाधन तथा पैदल रुपमा सडकमा हिड्दा सवारी चालक र पैदल यात्रीलाइ कसरी ट्राफिक नियमको पालना गर्ने भनि सडकमै प्रशिक्षण दिनु भएको थियो ।
लापरवाहीका कारण सडक दुर्घटना हुने र दुर्घटनामा मानवीय क्षती समेत हुने सक्ने जोखिम हुने भएकाले विद्यार्थीहरुलाई अनिवार्य रुपमा लाइसेन्स प्राप्त गरेर मात्र सवारीसाधन चलाउने, सडक पार गर्दा होस वा पैदल यात्राका क्रममा आफ्नो साइडमा हिड्ने, सवारीसाधनको क्षमताभन्दा धेरै यात्रु नचढ्ने र जहाँ पायो त्यहीबाट सडक पार नगर्नेलगायतका बारेमा सावारी चालक, पैदल यात्री र विद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।
भोलेन्टियर सासाईटी अफ बाँके नेपाल भि.एस वि.इन कार्यक्रम संयोजक दिनेश उपाध्याय ले दुर्घटना न्युनिकरण गर्नमा सबैको भूमिका हुने भन्दै सडक सुरक्षामा सबै सचेत हुन आवश्यक भएको बताउनु भयो । जिल्ला ट्राफिक कार्यालय बाँके संग समन्वय गरी दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियान नै चलाएर विभिन्न् चेतनामूलक कार्यक्रमहरु संचालन गरीने बताउनु भयो । हरेक हप्तामा फरक–फरक स्थानमा गएर विद्यार्थीहरुलाई सडक सुरक्षा सम्बन्धि प्रशिक्षण गरीने जानकारी दिनु भयो ।