२१ मंसिर २०८१, शुक्रबार | Sat Dec 7 2024

सिंहदरबार र संसद् भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न प्रहरीले रोक लगायो



काठमाण्डौ फागुन १५, – प्रहरीले सिंहदरबार र सङ्घीय संसद् भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न रोक लगाएको छ ।

हिजो लघुवित्तका ऋणीहरूको समूह नयाँ बानेश्वरको संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेपछि प्रहरीले आज बिहानैदेखि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा सर्वसाधरणलाई हिँड्न रोक लगाएको हो । सिंहदरबारको पर्खालसँगैको फुटपाथ र सङ्घीय संसद् भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ ।

प्रहरी परिचालन गरेर त्यहाँ सर्वसाधारणलाई हिँड्न रोकिएको छ । फुटपाथबाट हिँड्न नदिएपछि पैदलयात्रीहरू सडकबाटै हिँड्नुपर्ने भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ११ : ५९ बजे