७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आजबाट अन्तर मावि स्तरीय उपमेयर यु१९ छात्रा क्रिकेट प्रतियोगिता सुरु




कोहलपुर बाँके फागुन १६ – आजदेखि कोहलपुरमा छैठौं अन्तर मावि स्तरीय उपमेयर यु(१९ छात्रा क्रिकेट प्रतियोगिताको आजबाट सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा सुरु गरीएको हो ।

क्रिकेट प्रतियोगिताको प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले गर्नु भएको थियो । उक्त अवसरमा बोल्दै उनले कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि आफ्नो तर्फबाट पहलको प्रतिबद्धता रहेको जनाएका हुन् ।
उद्घाटन सत्रलाई सम्वोधन गर्दै उनले कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतिसँगै नेपालगञ्जमा पनि थप क्रिकेट मैदानका लागि आफूले पहल गरिरहेको बताएका हुन् ।

कुनै बेला महिला क्रिकेटरको उर्वर भूमिका रुपमा चिनिएको बाँकेमा अहिले महिला क्रिकेटरको अभाव भएको पाइएको भन्दै उनले विद्यालय स्तरीय यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे । पछिल्लो समय युवाहरु विभिन्न दुव्र्यसनमा फसेको स्मरण गरेका उनले यस्ता प्रतियोगिताले अनुशासित र स्वस्थ राख्न पनि सहयोग पुर्याउने धारणा व्यक्त गरे । बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित राठौरले खेलकुद क्षेत्रमा कोहलपुर नगरपालिकाले गरिरहेको लगानीप्रति प्रशंसा व्यक्त गरेका थिए ।

यसैगरी लुम्विनी प्रदेशसभा सदस्य सञ्जु कुमारी थारुले कोहलपुर क्रिकेट मैदान लुम्विनी प्रदेशको पहिचानसँग पनि जोडिएकाले यसको स्तरोन्नति र संरक्षण जरुरी रहेको बताइन् । उनले महिला क्रिकेटरको पहिचान कोहलपुर क्रिकेट मैदानसँग जोडिएकाले पनि यसको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाइन् । उनले महिला क्रिकेटरहरुको उत्पादन र भएका खेलाडीहरुलाई समेत संरक्षण गर्ने दायित्व राज्यको रहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण समेत गराइन् ।

यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा पूर्व कप्तान एलवी क्षेत्रीले बाँकेको पहिचानसँग जोडिएको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको व्यवस्थापनमा संघीय सरकारलाई दवाव दिन राठौरको ध्यानाकर्षण गराए । उनले एउटा इतिहास जोडिएको संरचनाले पूर्णता पाए खेलाडीहरुमा उत्साह थपिने स्मरण गराए । उनले पछिल्लो समय क्रिकेट मैदानमा खेलकुदका गतिविधिहरुलाई बढाउँदै नगरपालिकाले मैदानको उपयोगिता पुष्टि गर्दै आएको भन्दै धन्यवाद समेत दिए ।

कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले महिला क्रिकेटरहरु उत्पादनका लागि प्रतियोगिता उपयोगी हुनेमा जोड दिइन् । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, खेलकुदकर्मी लगायतको उपस्थिति रहेको थियो । ९ दिनसम्म चल्ने प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १८ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १ : १४ बजे