७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आज देखी राप्ती स्वास्थ्य विज्ञानमा टोकन प्रणालि लागु



दाङ फागुन १७ । आजबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवालाई छिटोछरीतो सहीत भरपर्दो र ब्यवस्थित बनाउने उदेश्यले टोकन प्रणालि लागु गरीएको छ । प्रतिष्ठानका उपकुलपति डा.विकास लामीछानेले उद्धघाटन गर्नु भएको थियो ।

उपकुलपति डा। लामीछानेले सेवालाई ब्यवस्थित र छिटो छरीतो बनाउन टोकन प्रणालिले सहयोग पुर्याउने बताउनु भयो । उहाँले अवदेखी विरामिको पालो मिचिने गुनासो पनि अन्त्य हुने बताउनु भयो । अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अवदेखी आफुले लिन चाहने सेवा ओपिडि , स्वास्थ्य विमा र विलिङ काउन्टरका लागि नाम दर्ता गरी टोकन लिई बस्नुपर्ने छ ।

प्रतिष्ठान स्थापना भएपछि पहीलोपटक टोकन प्रणलि लागु गरीएको अस्पतालका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए । भट्टराइले अस्पतालको सेवा लिनका लागि सुरुमा टोकन लिई पालो कुर्न र कुनै कारणवस पालो कटेमा नयाँ टोकन लिएर नयाँ पालो कुर्नुपर्ने जानकारी दिए ।

टोकन प्रणालि उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कामु निर्देशक डा। रमेश कडेलसहीत विभिन्न विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मि, अस्पतालका कर्मचारीहरु र लक्ष्मी बैँक घोराही र सिद्धार्थ बैँक घोराहीका बैँक म्यानेजरहरुको उपस्थिती रहेको थियो । टोकन प्रणालि जडित मेसिन घोराही स्थित सिद्धार्थ बैँकले सौजन्य गरेको छ भने लक्ष्मी बैँक घोराहीले ६ वटा काउण्टरको लागि डिजिटल वोर्ड र एनाउन्सका सामग्री सहयोग गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ११ : ५५ बजे