एजेन्सी फागुन २९, – पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
उक्त तीनतले भवन मंगलबार बिहानै भत्केको जानकारी पाउनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले बताए ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उल्लाहले जानकारी दिएका छन् । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताए ।
भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।