७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बालिका बलात्कार आरोपमा युवक पक्राउ




कोहलपुर बाँके चैत १ बर्दियाको बाँसगढीमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाँसगढी नगरपालिका(२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा उनलाई कैलालीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १२ : ०९ बजे