२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

पूर्व सभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस



कोहलपुर बाँके चैत २ पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले मुद्दा चलाउन सिफारिस गरेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । महरालाई आयोगले बयान समेत लिएको थियो ।

आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

महरा १० पुस २०७९ मा फ्लाई दुबईबाट नेपाल भित्र्याइएको इलेक्ट्रिक सिगरेट ९भेप० मार्फत तस्करी भएको नौ किलो सुनसँग जोडिएका थिए ।सरकारले साउनमा तस्करी भएको ६१ किलो सुन र भेपमार्फत भएको सुन तस्करीबारे छानबिन गर्न असोजमा उच्च अदालतका पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको हो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ९ : २४ बजे