७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बाघको आक्रमणबाट एकको मृत्यु




कोहलपुर बाँके चैत ४- बाँकेको कोहलपुर–ढकेरी सडकखण्डको छेउमा बाघको आक्रमणबाट एकजानको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्गको ढकेरीदेखी ३ किलोमिटर पश्चिम जंगलमा दार्मा गाउँपालिका १ सल्यान घर भैइ हाल उडैन आफन्तको घरमा बस्दै आएका ७१ वर्षीय नगेन्द्र प्रसाद शर्माको ज्यान गएको-

राप्तीसोनारी गाउपालिका ९ को मा पर्ने पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर–ढकेरी सडकखण्डकै छेउमा करिब ६० वर्षिय नगेन्द्र प्रसाद शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

स्थानियहरुका अनुसार केही दिन अघिदेखि बाघ सो स्थानमा देखिएको बताएका छन् । प्रहरीका अनुसार विहान ५ बजे मोनिङ्गवाक निस्किएको बेलामा आक्रमण गरेको हुन सक्ने बताइएको छ ।

मृतक शर्माले निलो टाउजर र निलो जाकेट लगाएको देखिन्छ । मृतक शर्माको टाउको, हात र पेट छरिएको अवस्थामा सडककै छेउमा भेटिएको राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ४८ बजे