एजेन्सीँ १२चैत ,- भारतले न्यूनतम तलबको व्यवस्था हटाएर जीवन निर्वाह तलबको व्यवस्था गर्ने भएको छ । अर्को वर्षदेखि न्यूनतम तलबको सट्टा जीवन निर्वाह तलबको व्यवस्था गर्ने तयारी गरेको भारत सरकारका बरिष्ठ अधिकारीलाई उद्धृत गर्दै ुद इकोनोमिक टाइम्सुले जनाएको छ ।
तलब निर्धारण गर्दा घर भाडा तथा मर्मत, खाद्यान्न, स्वास्थ्योपचार, शिक्षा लत्ताकपडालगायत कामदारले गर्नुपर्ने न्यूनतम खर्चको हिसाब गरेर जीवन निर्वाह गर्न पुग्ने किसिमबाट हुनेछ । भारतले शुरु गर्न लागेको जीवन निर्वाह तलबको व्यवस्थालाई अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ०ले अनुमोदन गरेको पनि ुद इकोनोमिक टाइम्सुको खबरमा उल्लेख छ ।
न्यूनतम तलब र जीवन निर्वाह तलब काम लगाउँदा दिनुपर्ने सबैभन्दा कम तलब रहेकोले उस्तै देखिए पनि बजारमूल्य, आधारभूत आबश्यकता तथा बदलिँदो परिवेशलेसमेत असर गर्ने हुँदा कामदारका लागि लाभदायक हुने भारतीय अधिकारीको भनाई छ ।