७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

३२ हजारभन्दा बढी प्यालेस्टिनीको इजरायल–गाजा युद्धमा ज्यान गयो




्एजेन्सीँ १२, चैत,- गाजा क्षेत्रमा जारी युद्धमा इजरायली आक्रमणबाट अहिलेसम्म ३२ हजार दुई सय २६ जना प्यालेस्टिनीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् । योसँगै ज्यान गुमाउनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको र ७४ हजार पाँच सय १८ जना घाइते भएका हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्थानीय घाइते र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले पछिल्लो २४ घन्टामा गाजा क्षेत्रका विभिन्न क्षेत्रमा हवाई र जमिन आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

गाजामा भूमिगत अपरेशनमा मर्ने इजरायली सैनिकको सङ्ख्या दुई सय ५१ पुगेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ११ : ०३ बजे