कोहलपुर बाँके चेैत १५- यस वर्षको माध्यमिक शिक्षा परिक्षा आजबाट सुरू भएको छ ।
माध्यमिक शिक्षा परिक्षा एसईईमा सामुदायिक र संस्थागत गरी बाँके बाट जम्मा ९२९३ विद्यार्थीमा सहभागी भएका छन् ।
उक्त परिक्षामा बाँकेको जयेन्दु बाल सुधार गृहबाट ३४ बालबिज्याईकर्ता , नौवस्ता बालसुधार गृहबाट १२ र कारागारबाट १ बन्दी पनि परिक्षामा सामेल भएका छन् ।
बाँके जिल्ला भारी ३४ वटा परीक्षा केन्द्र तोकिएको छ ।माध्यमिक शिक्षा परिक्षा एसईईमा देशभरका सामुदायिक र संस्थागत गरी जम्मा १०८०६ वटा विद्यलय बाट जम्मा छात्रा २५०७७२ छात्र २५३६२७ र अन्य १५ जना गरी जम्मा कुल ५०४४१४ विद्यार्थीहरू सहभागी छन।
एसईई परिक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक, कर्मचारी र सुरक्षकर्मी सहित जम्मा ७७५०५ जना जनशक्ति प्रत्यक्ष रूपमा परिक्षा केन्द्रमा खटाइएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ।