३ श्रावण २०८१, बिहिबार | Thu Jul 18 2024

हातहतियार देखाएर लाखौंको लुटपाट



कोहलपुर बाँके चैत २२,- बाँकेको जानकी गाउँपालिकामा एक व्यक्तिको घरमा हातहतियार देखाएर लुटपाट गरेका छन् । बिहीबार विहान २ बजेतिर ८र१० जनाको समूहले जानकी गाउँपालिका वडा नं। ६ मा लोकेन्द्र बहादुर बुढा क्षेत्रीको घरमा लुटपाट गरेका हुन् ।


हातहतियार समेत रहेका डाँकाहरुले बुढालाई कुटपिट गरेर लाखौंको धनमाल लुटेको बताइएको छ । डाँकाहरुको कुटपिटबाट घरधनी बुढा क्षेत्री सख्त घाईते भएका छन ।

यसअघि नेपालगन्ज र जानकी गाउँपालिकाको सीमामा पर्ने इन्द्रपुरमा एक व्यक्तिको हत्या गर्दै धनमाल लुटपाट भएको थियो । हातहतियार आएको डाँकाको समूहले कुटपिट गर्दा सन्तोष कठरिया थारुको मृत्यु भएको थियो । घटनामा सन्तोषकी श्रीमति घाइते भएकी थिइन् । उक्त घटनामा प्रहरीले अहिलेसम्म दोषी पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ८ : ४५ बजे