७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

राप्तीसोनारीमा बेवारिसे नवजात शिशु फेला



कोहलपुर बाँके चैत २८- बाँकेमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । राप्ती सोनारी ८ ओभरीमा बेवारिसे नवजात शिशु मकै बारीमा सालनाल सँगै फेला परेको हो । स्थानिय ज्योती खड्का शाहले आफ्नो मकै बारीमा बच्चा रोइरहेको सुनेपछी हेर्न जाँदा बच्चा फेला पारेको बताउनु भयो ।

बच्चा कसले जन्माएर मकै बारीमा फालेको हो त्यसको बारेमा अहिले सम्म केही पत्ता लागेको छैन । अहिले उक्त शिशु सकुशलउद्धार गरी नेपालगंज मेडिकल कलेज कोहलपुरमा नेपाल प्रहरी र अस्पताल प्रशासनको जिम्मामा एन.आई.सि. यू मा राखेर उपचार भइरहेको छ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : ५३ बजे