२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

सनराइजर्स हैदराबादले हसरङ्गाको स्थानमा २२ वर्षीय लेगस्पिनरलाई अनुबन्ध गर्‍यो




एजेन्सी चैत २८,- इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको टोली सनराइजर्स हैदराबादले श्रीलङ्काका स्पिनर वानिन्दु हसरङ्गाको स्थानमा श्रीलङ्काकै लेगस्पिनर विजयकान्त वियसकान्तलाई अनुबन्ध गरेको छ ।

चोटका कारण हसरङ्गा आईपीएलबाट बाहिरिएकाले २२ वर्षीय वियसकान्तलाई अनुबन्ध गरेको हैदराबादले जनाएको छ । वियसकान्त ५० लाख भारुको आधार मूल्यमा हैदराबादमा सामेल भएका छन् ।

वियसकान्तले ३३ टी–२० खेलमा ४२ विकेट लिएका छन् । उनले गएको वर्ष चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा अफगानिस्तानसँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । यद्यपि उनी त्यसयता राष्ट्रिय टोलीमा पर्न सकेका छैनन् ।

आईपीएल क्रिकेटको अङ्क तालिकामा सनराइजर्स हैदराबाद अहिले छैटौँ स्थानमा छ । हैदराबादले पाँच खेलमा तीन जितसहित छ अङ्क जोडेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १० : १० बजे