कोहलपुर बाँके वैशाख ३- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कम्पाउन्ड भित्र पार्किंग गरी राखेको एम्बुलेन्स भित्रका सामान चोरी गर्ने २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा, बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २७ को उमेश खत्री र जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २४ को सञ्जु विसुङ्गे रहेका छन् ।
धनसिंहपुर कैलाली स्वास्थ्य चौकीको सु.प.प्र. ०१-००१ झ ०५१२ नम्बरको एम्बुलेन्सको लक तोडी एम्बुलेन्स भित्र रहेका १० लिटरको अक्सिजन १ थान, सोहिमा प्रयोग हुने फलो मीटर १ थान सहित दुवैलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, बाँकेको राप्तीसोनारी गाउँपालिका ९ बस्ने वर्ष २८ को अविनाश भन्ने नन्द पुनले उक्त सामान चोरी गरी लुकाई राखेको भन्ने दिएको सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।