७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गौबद्ध मुद्दामा फरार बाँकेमा पक्राउ



कोहलपुर बाँके वैशाख ९- प्रहरीले गौबद्ध मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ थुकैला बस्ने वर्ष ४४ को सलाउद्धिन जोलाहलाई प्रहरीले पक्राउ गरेको हो ।

जोलाहलाई गौबद्ध मुद्दामा ५ महिना ८ दिन कैद बाँके जिल्ला अदालतले तोकेकोमा उनी फरार भएका थिए । फरार जोलाहालाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ गरी थप कारवाहीका लागि प्रहरीले बाँके जिल्ला अदालतमा बुझाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ६ : २० बजे