२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

एयरपोर्ट स्तरबृद्धिको माग : सांसद मास्कीद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण



कोहलपुर बाँके वैशाख ९- दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्ट स्तरबृद्धिको माग गर्दै लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले संघीय अर्थमन्त्री बर्षमान पुनलाई ध्यानाकर्षण गराएका छन् ।

आईतबार सांसद मास्कीले मन्त्री पुनलाई ध्यानाकर्षण गराउँदै आगामी बजेटमा जसरी पनि समावेश गरि बहुबर्षियमा समावेश गर्न ध्यानाकर्षण गराएका हुन् । टरिगाउँ एयरपोर्ट लुम्बिनी प्रदेश राजधानीको एउटा महत्वपूर्ण संरचना रहेको भन्दै यसको विस्तार आबश्यक रहेको सांसद मास्कीको भनाई थियो । त्यस अवसरमा अर्थमन्त्री पुनले सोही एयरपोर्टमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।

टरिगाउँ एयरपोर्टको धावन मार्ग ७५० मिटर लम्बाइ छ । त्यो धावन मार्गमा अहिले १९ सिटे टुइनेटर भन्दा ठूला जहाज बस्न सक्ने अबस्था छैन । जसले गर्दा नियमित नहुँने,भाडा करिब १० हजार रुपैँयासम्म हुने हुँदा यात्रुहरु पनि चढ्न नमान्ने जस्ता समस्या रहदै आएको छ । विमानस्थलमै इन्धन डिपो स्थापना भइसकेको छ । अब अहिले रहेको धावन मार्गलाई १५ सय मिटर भन्दा माथि बनाउन सकियो भने ७२ सिटे जहाज बस्न सक्छन र, नियमित उडान हुन्छ ।

यो विमानस्थल दाङको समृद्धिसंग जोडिएको कुरा पनि हो । २०११ सालदेखि सुरु भएको नेपालकै पुरानो मध्येको टरिगाउँ विमानस्थलमा नियमित जहाज उडाउन नसक्नु बिडम्बना जस्तै भएकाले यसमा डिपिआर अनुसारको बजेट बिनियोजन गरिदिन माग गरेको सांसद मास्कीले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ३ : ३० बजे