काठमाण्डौ बैशाख १०, – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि आज काठमाण्डौ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिनुभयो ।
मन्त्री तामाङले लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज चाँडो ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आउन लागेको बताउनुभयो । जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा झण्डै पाँच महिनाको मर्मतपछि जहाज आज राति काठमाडौँ फर्किन लागेको हो ।
नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।
इयूको उडान प्रतिबन्ध हटाउन पहल
पर्यटनमन्त्री तामाङले युरोपेली सङ्घ ९इयू० ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाएको जानकारी दिनुभयो । पर्यटन मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले मन्त्रालयल र मातहत निकायबाट गरिनुपर्ने काम नियमित भइरहेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका अध्यक्षसमेत रहनुभएका सचिव डाक्टर काफ्लेले बोर्डको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० नियुक्ति निष्पक्ष र पारदर्शी हुने बताउनुभएको छ । उहाँले सीइओ छनौट समिति आफैँमा स्वतन्त्र भएकाले नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष ढङ्गले हुने दाबी गर्नुभयो ।