७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

छुट्टाछुट्टै आगलागीमा परेर २ जनाको मृत्यु



कोहलपुर बाँके वैशाख १० – आगलागीमा परेर २ जनाले ज्यान गुमाएका छन् । आइतबार रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका (३ भत्नीगारेस्थित सामुदायिक वनमा लागेको आगो घरमा सल्किँदा ७१ वर्षीया बुदी कामीको ज्यान गएको हो ।

यस्तै आगलागी कै कारण काभ्रेको तेमाल गाउँपालिका(९ सिन्धुटारस्थित मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वाइल्डिङ गर्ने क्रममा वाइल्डिङ मेसिनमा आगलागी हुँदा एकजनाले ज्यान गुमाएका छन् ।

आगोमा मकवानपुरको छतिवन गाउँपालिका(७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको छ ।

जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे हुँदै बर्न अस्पताल कीर्तिपुर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ८ : ५८ बजे