७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आफैले बनाएको पेस्तोल पड्किँदा बाँकेमा १ जना घाइते




कोहलपुर बाँके वैशाख १६,- युट्युब हेरी काठ र फलामबाट आफैले बनाएको घरेलु कटुवा पेस्तोल पड्किँदा १ जना घाइते भएका छन् । बाँके राप्तिसोनारी गाउँपालिका ५ चाचरफर्का बस्ने बर्ष १६ को सचिन थारु घाइते भएको इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ।

सचिनले हतियार बनाई आफ्नै पाईन्ट पछाडिको गोजिमा राखेको र गोजिबाट निकाल्ने क्रममा पड्केर दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा लागेर घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटिई उनलाई उपचारको लागि मेडिकल कलेज नेपालगंज बाँके पठाईएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

सचिनले बनाएको हतियार प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : २२ बजे