७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस




काठमाण्डौ बैशाख २१ , – आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेस स् वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । दिवस मनाइरहँदा पत्रकारहरूले प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।

‘स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरिन्छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० को आयोजनामा अफ्रिकी देश नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्र सङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

नागरिकको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सधैँ सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन पनि आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । भोलिसम्म चल्ने महाधिवेशनमा राष्ट्रिय परिषद् सदस्यहरू सहभागी हुँदैछन् । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको साङ्गठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ११ : २० बजे