कोहलपुर बाँके जेठ १७, बाँकेको छुट्टाछुट्टै स्थानबाट भन्सार छलिको समान र कुखुराको चल्ला बरामद गरिएको छ। नेपालगन्ज ४ स्थित भारत बाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको लेडिज जेन्स प्लाष्टिकको चप्पल र कुर्ता सुरुवाल अन्दाजी मुल्य रु२,८९,२००।– बराबरको सामान बरामद गरिएको हो।
यस्तै जानकी गाउँपालिका १ बढैयाबाट अबैध रुपमा ल्याएका ब्रोईलर कुखुराको चल्ला १८०० वटा अन्दाजी मुल्य रु। १,८०,०००।– बराबरको अबैध चल्ला बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
सामान र चल्ला बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज र पशु क्वारेन्टाइन कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।