७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

काठमाण्डौ महानगरपालिकाको नगर सभा बैठक स्थगित, दलका प्रतिनिधि र मेयर शाहबीच विवाद




काठमाण्डौ असार १४, – काठमाण्डौ महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । पार्टीका जनप्रतिनिधि र मेयरबीच विवाद भएपछि सूचना निकालेर बैठक स्थगित गरिएको हो ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगर सभा बैठक बोलाउनुभएको थियो । गएको सोमवारको नगर सभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि त्यसलाई शाहले स्वीकार गर्नुभएको थिएन । नीति तथा कार्यक्रम पारित नगरिकन बजेट प्रस्तुत गरिएको थियो ।

मेयरले शाहले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस–एमालेले बैठक रोकेको आरोप लगाउनुभएको छ । उहाँले दलका प्रतिनिधिले सम्बन्धित दलका नेताहरूको नामबाट करोडौँको कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेको र आफूले स्वतन्त्र शहीदहरूको नामबाट कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदा बैठक स्थगित भएको दाबी गर्नुभएको छ ।

दलका प्रतिनिधिले भने बिहान ८ बजे बोलाइएको बैठकमा मेयर शाह साढे १० बजेसम्म नआएपछि आफूहरू फर्किएको दाबी गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ११ : २७ बजे