७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

ललितपुरको नक्खु खोलामा निर्धारित समयभन्दा ५ महिनाअघि नै पक्की पुल निर्माण



ललितपुर असार १५, – ललितपुर महानगरपालिकाले वडा नम्बर २२ र २७ लाई जोड्ने नक्खु खोलामा गाडी सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण गरेको छ ।

पाँच करोड ७५ लाख ९२ हजार छ सय २७ रुपैयाँको लागतमा सम्पन्न पुलको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले आज उद्घाटन गर्नुभयो । पुलको उद्घाटन गर्दै मेयर महर्जनले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताउँदै निर्धारित समयभन्दा पाँच महिनाअघि नै समाप्त भएको बताउनुभयो ।

महानगरकी उपमेयर मञ्जली शाक्यले पुलबाट धापाखेल र ठेचोवासीलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नम्बर २६ का अध्यक्ष सुरेश महर्जन र वडा नम्बर २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणाम स्वरूप निर्धारित समयअघि नै पुल निर्माण सम्पन्न भएको बताउनुभयो ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार  ११ : १८ बजे