७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एकीकृत समाजवादीको महाधिवेशनमा बन्दसत्र



काठमाण्डौ असार १७, – नेकपा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि बन्दसत्र शुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने पार्टीले जनाएको छ । यी दस्तावेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुनेछ ।

महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपालसँग महासचिव घनश्याम भुसालले पनि दाबी गर्ने तयारी गर्नुभएको छ ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् । झन्डै तीन वर्षअघि एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादीको महाधिवेशन हिजोदेखि काठमाण्डौमा शुरु भएको हो ।

प्रकाशित मिति : १८ असार २०८१, सोमबार  ८ : ४९ बजे