६ कार्तिक २०८१, मंगलबार | Tue Oct 22 2024

जसपाका मन्त्रीहरूको राजीनामा स्वीकृत



काठमाडौं असार २४ – जसपाका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड ९क०बमोजिम आ(आफ्नो पदबाट राजिनामा दिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा उनीहरूले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ११ : ३४ बजे