७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कर्णाली राजमार्ग एकतर्फी खुल्यो



कालीकोट असार ३५ – लगातारको वर्षाले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ । गएको शुक्रवारदेखि बन्द सडक आज दिउँसोदेखि एकतर्फी खुलेको हो ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।

पहिरो पन्छाएपछि एकतर्फी रूपमा गाडी चल्न थालेका कार्यालयका प्रमुख चेतनकुमार मण्डलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ११ : ५५ बजे